कार्यक्रमका कोच मध्ये रकस्टार अभया सुब्बाले सबैको ध्यान तानेकी छिन्। उनको शैलीलाई धेरैले मन पराइरहेका छन् भने रक संगीत नसुन्नेहरुका माझ पनि उनी परिचित भएकी छिन्।
अभया सुब्बाका श्रीमान् काइ वेज स्वीस हुन्। स्वीजरल्याण्डका नै भएपनि उनी आमा बुवाले त्यतिबेला नेपालमै काम गरिरहेका कारण नेपालमै हुर्किए। बाल्यकालमा उनी साइक्लिङ्ग गरेर काठमाडौं पुरै घुम्थे। अहिले पनि उनी प्राय साइकलमै हिंड्ने गर्छन्।
उनका अनुसार, पहिले काठमाडौंमा साइक्लिङ्ग गर्दा स्वच्छ हावा पाइन्थ्यो, ताजगी प्राप्त हुन्थ्यो, तर अहिले भने मास्क र हेल्मेट लगाएर हिंड्नुपर्ने अवस्था छ। तर पनि काठमाडौंसंग उनको आत्मीय सम्बन्ध छ।
अभया सुब्बा दार्जिलिङ्गमा थिइन्। त्यतिबेला एउटा विवाहको निमन्त्रणा मान्ने सिलसिलामा वेज दार्जिलिङ्ग पुगेका थिए।
त्यहीं उनीहरुको पहिलो भेट भएको थियो। त्यसपछि वेज स्वीजरल्याण्ड गए। तर स्वीजरल्याण्डबाट फ़र्किएपछि उनीहरुको दुई जनाको भेट काठमाडौंमा भयो र विस्तारै उनीहरु दुईको सम्बन्ध प्रेममा परिणत भयो।
Post a Comment