एलनको यो सबै सम्पत्ति गैरकानुनी हो । यो सम्पत्ति पुलिसले पहिल्यै थाहा पाएको भए पहिल्यै जफत गरी सरकारीकरण गरिसक्थ्यो । तर, पुलिसले जफत गरेर सरकारीकरण गर्नबाट जोगाउन एलनले चलाखीपूर्वक यहाँ छाप्रोभित्र सबै सुविधा व्यवस्था गरेका थिए ताकि पुलिसले छाप्रो ठानेर कुनै शंका नगरोस् । उनको यो चलाखीले केही समय काम पनि गर्यो किनकि २ वर्षसम्म कसैले पनि यहाँभित्र बहुमूल्य वस्तु भएको शंका गरेनन् ।
छाप्रोभित्र आलिशान इन्टिरियरका साथमा बहुमूल्य प्राचीन एन्टिक वस्तुहरु, विदेशी मदिरा, महंगा घडीहरु र लग्जरी फर्निचरसमेत संसारभरका तमाम ऐश आरामका चीजहरु थिए । यसमा लाखौं मूल्यको महारानी एलिजाबेथको १६ औं शताब्दीको दुर्लभ पेन्टिङ र ४० लाख मूल्यको रोलेक्स घडीसमेत थिए । ड्रग डिलर एलनलाई ड्रग तस्करीको आरोपमा सजाय सुनाइएको थियो । उनले अवैध रुपले कमाएको धनबाट यी सबै चीज किनेका थिए ।
पुलिसका अनुसार उनले आफ्नो भविष्यको योजना अन्तर्गत यो घर डिजाइन गराएका थिए । ताकि यो बाहिरबाट हेर्दा गाइको गोठजस्तै देखियोस् तर भित्र संसारभरका तमाम सुविधा उपलब्ध होउन् । यसबाट २ वर्षसम्म मानिसहरु बेवकुफ बनिरहे ।पुलिसका अनुसार यहाँ भेटिएका बहुमूल्य सामानलाई अब लिलामी गर्ने तयारी गरिएको छ ।
Post a Comment