तीन बहिनी संगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरेयानमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरि जंगल तर्फ लगेको थियो। हामी बसेर चाउचाउ खाँदै थियौ। बिचमा बसेको कान्छी बहिनिलाई चितुवाले लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदिले बताएपछी स्थानीय बासिहरु हारगुहार गर्दै जंगल तर्फ गएका थिए।तर बालिकालाई जिबित भेट्टाउने प्रयास असफल भयो।
अहिले घटनास्थलको प्रकृति मुजुल्का सहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लैजाने तैयारी भैरहेको छ। घटनाको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालयको टोलि घटनास्थलमा आई तिब्रताका साथ खोजिकार्यमा सहभागी भएका थिए। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,प्रहरी नायब उपरीक्षक नवराज मल्ल जिल्ला बन कार्यालय प्रमुख दिपक ज्ञवाली लगायत स्थानिय ,बजारबासी लगायतको सयौंको जमघट भएको थियो। अहिलेसम्म अर्घाखाँची जिल्लामा चितुवाको आक्रमण बाट डेढदर्जन बालबालिकाको नोक्सान भएको छ।
Post a Comment