Latest Updates :

जहाँ कुहिन्छ लास, त्यहाँ पुग्छ विनयजंग बस्नेतको हात

SHARE THIS POST :
काठमाडौं । पर्यावाची भइसक्यो अब त विनयजंग बस्नेत र वेवारिसे लाश । एक्सन फर सोसल चेन्ज नामक संस्था स्थापना भएको चार बर्ष पुग्दैछ । यो बीचमा उनको एक्लो प्रयासमा १ सय १५ वेवारिसे लासको सद्गद् गरिसकेका छन् ।
आइतबार मात्रै त्रिवि शिक्षण अस्पतालमा वेवारिसे अवस्थामा रहेका आठ वटा वेवारिसे लाशहरुको दाहसंष्कार गरिसकेका छन् । त्यस्ता वेवारिसे लाशहरुको संख्या त्यहाँ अझैं ८० भन्दा बढीको संख्यामा रहेको छ । विनयजंग बस्नेत अचेल प्रहरी,अस्पताल नगरपालिकाबाट समेत खोजिने पात्र भएका छन् । कहिँकतैबाट वेवारिसे लाश फेला परेको खण्डमा उनै बस्नेतको मोवाइलको घन्टी बज्छ ।

उनी जहाँ हुन्छन्,जे गर्दै हुन्छन् । वेवारिसे लाश तथा कहिँ कतै वेवारिसे विरामी छ भन्ने खबर सुने भने खाइरहेको खाना पनि छोडेर दौडन्छन् । तर यी मनकारी युवाको पीर दुख कष्टको पहाड बुझिदिने यो निर्दयी शहरमा धेरै मान्छे छैनन् । एउटा लाश सद्गद् गर्नकै मट्टितेल,दाउरा,चिनी लगायतका सामाग्री खरिद गर्दा कम्तिमा १० हजार लाग्छ ।

आइतबार मात्र ८ वटा लाश सद्गद् गरे । झण्डै ८० हजार रुपैंया खर्चिएर ४० हजारको जोहो त साथीसंगी, सहकारीबाट ऋण लिएर जुटाए । तर बाँकी ४० हजार जुटाउन सकेनन् । पशुपति क्षेत्र विकास कोषकै कर्मचारीहरुले उनी र उनको कर्मलाई नचिन्न,नजान्ने पनि होइनन् ।

हार गुहार गरेर बाँकी ४० हजार पछाडि तिर्ने गरी ती लाशहरुको सद्गद् गरेर निस्किए । अब अर्को पिरलोमा छन उनी त्यो ४० हजार कसरी जुटाउने ? उनका अगाडि विकल्प छन् चढिरहेको बाइक धरौटी राख्ने वा कुनै मनकारी साथीहरुलाई गुहार्ने । तर साथीहरुले पनि कति दिनसम्म उनलाई पत्याइरहलान ?


आइतबार मात्र पशुपति परिसरमा आठ वटा डुगडुङ्ती गनाउने लाश जलाए । त्यहाँ वरिपरिका मानिसहरु भागदौड चल्यो । बसी नसक्नु भएपछि वरिपरीका मान्छे नाक भाग्दै थिए । तर, विनयजंग बस्नेत ती लाशलाई यसरी निकाल्दै थिएकी मानौं ती शव उनकै आफन्तको हो । उनले माक्ससमेत प्रयोग गरेका थिएनन् । ती बेवारिसे शवको उनी एक्ला मलामी थिए । न त त्यहाँ उनलाई सहयोग गर्ने कोही देखिन्थे ।

लहरै आठ वटा शव राखे । चितामा तीन पटक घुमे र दागबत्ती दिए । यसरी पशुपति आर्यघाटमा बेवारिसे लाश जलाउने काम बस्नेतबाहेक अरु कसैले पनि गर्दैन बस्नेतको सामाजिक कर्मको भोक यतिमै मात्र सकिँदैन ललितपुरस्थित ‘एक्सन फर सोसल चेन्ज’ नाम गरेको संस्थाबाट धेरै बेवारिसेहरुलाई बासस्थान दिएका छन् ।

छिट्टै आफ्नै ७ आना जग्गामा बा आमा घर बनाउदै छन् । जहाँ कम्तीमा २० जना बेवारिसे बुवाहरुलाई आश्रय दिने लक्ष्यका साथ उनी कर्मरत छन् । त्यो भवन निर्माणका लागि झण्डै १८ लाख खर्च लाग्ने हिसाब निस्किएको छ । यो खर्च कसरी जुटाउने रु कस्लाई भन्ने ? उनी यहि सोचमा घोत्लिरहन्छन् ।

त्यसैले त भनिएको होला,यहाँ धन हुनेहरुको मन हुँदैन । मन हुनेहरुको धन हुँदैन् । तर निराश छैनन् उनी आशावादी सुनिन्छन् । भगवानले पनि भन्छन् रे तँ आट म पुराउछु । जसै धुर्मुस सुन्तलीहरु गोजीमा १ लाख ४७ हजार बोकेर काभ्रेमा नमुना बस्ती बनाउन खटिए । ठीक उही रितले विनयजंग बस्नेत पनि मैदानमा भिडिसकेका छन् बा आमा घर बनाउन । हेरौं उनको यो पवित्र मिसन सफल पार्ने मनकारीहरु भेटिएला वा नभेटिएला ?

श्रोत:न्युज24नेपाल टि.भि
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger