स्कुल बाट घर फर्कदै गर्दा बाटाेमा लत्रियकाे तार समाउदा करेन्ट लागेर ११ बर्षका बालक काे मृतु
दिनेश शर्मा, बडीगाड २०७५ जेठ २७ । बडीगाड गाउपालिका- ५ स्थित सिद्ध प्रावि कक्षा २ मा पढ्ने वर्ष ११ का कर्ण पुनको विद्युत करेण्ट लागेर सवा ४ बजेको समयमा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनि विद्यालय छुट्टी भएर घरतर्फ आईरहेका थिए । बाटोमा लब्दीखोला लघु जल विद्युत आयोजनाको तारमा बाँस ढलेर तार तल लत्रिएको अवस्था निज बालकले के को तार रहेछ भनेर समात्दा निजको मृत्यु भएको थियो । लब्दीखोला लघु जलविद्युत परियोजना प्रथम (ख) ले मृतकका परिवारलाई रु ५० हजार क्षेतिपुर्ति दिने सहमति भएको गाउपालिका अध्यक्ष मेहरसिँह पाईजाले जानकारी दिएका छन् । बडीगाड -५ साबिक ग्वालिचौर २ गौतम टोल बस्ने तुलबहादुर पुनका छोरा मृतक पुनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङमा राखिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रनि कृष्ण रानाले बताए । लब्दीखोला लघु जलविद्युत आयोजनाको लापर्बाहीले दुई कक्षामा पढ्ने नादान बालकको ज्यान गएको छ । जबकि रु ५० हजार ज्यानको मुल्य तोकेर घटना मिलापत्र हुन्छ । कतै करेण्ट लागेर ज्यान गुमाउनेका परिबारलाई लाखौँ रकम क्षतीपूर्ति दिने, कतै एउटा भैँसीको मुल्य सरह जम्मा रु ५० हजार दिने, यो कहाँको कानून हो ? भन्ने प्रश्न गर्दै के गरीब मजदूरी गरेर गुजारा चलाउनेहरुको सन्तानको मुल्य ५० हजार कायम गर्न मिल्छ ? सरोकारवाला निकायको ध्यानाकर्षण होस् भन्दै स्थानीयबासीले माग रहेको छ ।
Post a Comment