Latest Updates :

इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

SHARE THIS POST :
काठमाडौँ । इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए।

रिजालका अनुसार लामा पहिला इनारभित्र छिरेको र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनकोसमेत मृत्यु भएको हो।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger