एक कार्यक्रममा पुगेका सुपरस्टार नागार्जुनले आफ्नो भनाइ राख्दै गर्दा महेश बाबुको फिल्मको नाम नलिएपछि महेश बाबुका फ्यानहरु भड्किएका हुन् । नागार्जुन हालै फिल्म ‘गूडाचारी’को सक्सेस पार्टीमा पुगेका थिए । त्यहाँ उनले भने ‘साँच्चै भन्ने हो भने ‘रंगस्थलम’ पछि ‘महानती’ र ‘गूडाचारी’ जस्ता फिल्म नै यो वर्षका सुपरहिट फिल्म हुन् । यिनै फिल्मले यस वर्ष राम्रो नाफा कमाएका छन् ।’ नागार्जुनको यही भनाइका कारण महेश बाबुका फ्यान यसकारण नागार्जुनमाथि खनिए कि उनले त्यहाँ महेश बाबुको फिल्म ‘भरत अने नेनु’को नाम लिएनन् ।
अदिवी शेष र शोभिता धुलिपालाको फिल्म ‘गूडाचारी’ले ३ दिनमै १४ करोड कमाएको छ । यो फिल्म मात्रै ५ करोडमा बनेको थियो । आफ्नो मन परेको सुपरस्टारको नाम नलिएपछि भड्किएका महेश बाबुका फ्यानले नागार्जुनको फ्लप फिल्म अफिसरको कलेक्सन शेयर गरे । महेश बाबुको फिल्म ‘भरत अने नेनु’ केही ठाउँमा सुपरहिट भएको छ तर केही ठाउँमा भने वितरक घाटामा गएका छन् । यही कारण नागार्जुनले ‘भरत अने नेनु’को नाम लिएका थिएनन् ।
Post a Comment