पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका-१ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, भरतपुर महानगरपालिका-७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नं २ का २६ वर्षीय सलीम मियाँ र चितवन खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य छन्।
उनीहरुका साथबाट प्रहरीले डाइजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाइट्राजेपाम एक हजार ५४५ ट्याबलेट, स्पास्मो प्रोक्सिभन, ४८ क्याप्सुल, फेन्सिडिल बरामद गरेको ढकालले जानकारी दिए।
चितवनको नारायणगढस्थित न्यूरोडमा साउन २२ गते ना २४ प ११०० नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको र उनीहरुको बयानका आधारमा लालकृष्ण ढकाल, सलीम मियाँ र अमृत आचार्यलाई आज नारायणगढबाट पक्राउ गरिएको हो। उनीहरु लागुऔषधको ओसारपसार, सञ्चय, बिक्री वितरण तथा सेवनमा समेत संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले गैँडाकोटमा रहेका किरण जिसीको घरमा लुकाइ राखेएको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीद्वारा शनिबार जारी गरिएको सूचनामा उल्लेख छ। पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Post a Comment