Latest Updates :

आँखै अगाडी स्कुले ड्रेसमै १७ बर्षीया युवतीले फेवातालको ड्याममा हाम फालिन (भिडियो सहित)

SHARE THIS POST :
पोखराको फेवातालको ड्यामवाट हाम फालेर एक युवती वेपत्ता भएकी छन । दिउँसो करिव पौने २ वजेतिर कलेज ड्रेस लगाएकी एक छात्रा हाम फालेको ड्यामसाईडमा माछा मार्दे गरेका प्रत्यक्षदर्शीले बताएका छन ।घटना स्थलवाट प्रहरीले विद्यार्थी परिचयपत्र, माला, घडी र २० रुपैया समेत फेला पारेको छ । परिचय पत्र सँगै भेटिएका अन्य समानहरुको आधारमा पोखराको रत्तनचोक स्थित सवलाइम सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत दिपा कुवँरले त्यहाँवाट हाम फालेको हुन सक्ने आशंका गरिएको छ ।

एक युवती हामफालेको भन्ने सुचना पाउनासाथ घटना स्थलमा पुगेको कास्की प्रहरीले उद्धारको कार्यलाई अगाडी बढाईरहको छ यद्यपी योस समाचार तयार पार्दा सम्म हाम्फाल्नेको कुनै पत्तो लागेको छैन ।

बिहानको कलेजबाट घर जानपर्ने छोरी घर नगएकी र उनको घडी, माला, परिचयपत्र घटनास्थलमा फेला पर्नुले परिवार चिन्तीत छ । पारिवारीक रुपमा कुनै पनि समस्या नभएको परिवार स्रोतले जनायो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger