Latest Updates :

क्यान्सर रोगबाट पिडित सोनलिको फोटो भाइरल , यस्तो भनिन् ऋतिककी पूर्वपत्नीले

SHARE THIS POST :
न्यूयोर्कमा उपचार गराइरहेकि बलिउडकि चर्चित अभिनेत्री सोनाली बेन्द्रे पछिल्लो समय मेटास्टेटिक क्यान्सरसँग जुधिरहेकी छिन् । उनले अहिले न्यूयोर्कमा यसको उपचार गराइरहेकी छिन् ।फ्रेण्डशिप डेका दिन उनले साथीहरु सुजैन खान र गायत्री जोशीसँगको फोटो शेयर गर्दै उनीहरुलाई आफ्नो जीवनको महत्वपूर्ण हिस्सा भएको बताएकी थिइन् । त्यो फोटोमा सोनाली पहिलो पटक सबै कपाल झरिसकेपछिको अवस्थामा देखिएकी थिइन् ।

अब सोनालीकी बेस्ट फ्रेण्ड र ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले सोनालीसँगका केही फोटोहरु सार्वजनिक गरेकी छिन् । फोटोसँग उनले भावुक सन्देश लेखेकी छिन् । यी तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेको छ ।सुजैनले लेखेकी छिन् ‘मलाई थाहा छ जिन्दगीले जति तुफान ल्याए पनि हामी एक अर्काको हात समातेर किनारासम्म पुग्न सक्छौं । प्रश्नले भरिएको यो संसारमा यिनीसँग मेरा सबै प्रश्नको जवाफ होला । म निश्चित रुपमा भन्न सक्छु कि भविष्य निकै सुन्दर हुनेछ किनकि त्यो भविष्य म तिमीसँग साझा गर्नेछु ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger