Latest Updates :

रातो साडी लगाएर तीजमा नाच्ने आदिवासी चेलीहरुलाई आङकाजी शेर्पाको ८ प्रश्न !?

SHARE THIS POST :

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव अाङकाजी शेर्पाले आदिवासी समुदायका चेलीहरु माथि ८ बुँदे प्रश्न गरेका छन् ।

आउदै गरेको हिन्दू नारीहरुको तिज पर्वलाई लक्षित गर्दै आफ्नो चाडपर्वहरु समाप्त पारेर अरुको चाडपर्वमा रमाउनु भनेको असारमा आफ्नो खेत बाँझो राखेर अरूको खेतमा रोपाई गरेजस्तो भएन र ? भन्दै उनले प्रश्न गरेका छन् ।

रातो साडीमा सजिएर तीजमा कम्मर भाचीभाची नाच्ने आदिवासी चेलीहरुमाथी आङकाजी शेर्पाको ८ प्रश्नको झटारो यस्ताे छ ।

(१) तपाईहरूको एक दिनको मनोरन्जनले आदिवासीको संस्कृतिमा अपुरणीय क्षति पुग्छ भन्ने हेक्का छ कि छैन ?

(२) आफ्नो चाडपर्वहरु समाप्त पारेर अरुको चाडपर्वमा रमाउनु भनेको असारमा आफ्नो खेत बाँझो राखेर अरूको खेतमा रोपाई गरे जस्तो भएन र ?

(३) २५० बर्षदेखि हिन्दुकरणको शोषण र दमनका कारण लोप हुने अवस्थामा पुगेका हाम्रा चाडपर्वहरुलाई संरक्षण र विकास गर्नुकाे सट्टा अरुको चाडपर्व मनाउदा हाम्रा चाडपर्वहरु अस्तित्व समाप्त हुदैन र ?

(४) तीज आदिवासी जनजातिहरुको चाड होइन । रातो साडी लगाएर तपाईहरू नाच्दा तपाईका शन्तानहरुमा कस्तो प्रभाव पर्ला ?

(५) आदिवासीहरूलाई नाक थेप्चे र ऑखा चिम्से भयो भनेर फिल्ममा नखेलाउने तर तीजको गीती एल्बममा पैसा दिएर आदिवासी कलकारलाई नचाएर गाउँका सिधासाधा आदिवासीहरू महिलाहरूलाई तीज मनाउन लगाउने षड्यन्त्र हाे भन्ने थाहा छ कि छैन ?

(६) सामाजिक सदभावको नाममा तीजमा हामी आदिवासी नाच्छौ तर हामी आदिवासीको चाडपर्व, लोसार, साकेला, उद्यौली उभौली, महपूजा, तेमाल, जात्रा, माघे सकराती, छठ, भुमे पूजामा बाहुनीहरू नाच्न आएको देख्नु भएको छ ? फाेटाे छ भने देखाउनुस त ?

(८) माथीका सबै कुरा बुझ्नेहरू…श्रीखण्ड ! आधी बुझ्नेहरू …खुर्पाकाे बीड ! केहि पनि नबुझ्नेहरू ………. !

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger