फिल्ममा आउनु पहिला र मोडलिङमा पनि आउनुपूर्व ज्याकलीन एक टेलिभिजन रिपोर्टर थिइन्। मास कम्युनिकेशनमा ग्रेजुएशनपछि उनले श्रीलंकामा केही समयसम्म टेलिभिजनमा रिपोर्टरको काम गरिन्। मोडलिङमा रुची राख्ने उनले २००६ मा मिस श्रीलंका युनिर्भसको ताज जित्न सफल भइन्।
त्यसपति उनलाई म्युजिक भिडियोमा अफर आउन थाल्यो । २००७ मा उनी ‘ओ साथी’ टाइटल भएको म्युजिक भिडियोमा देखिएकी थिइन्। त्यसपछि उनले बलिउडमा फिल्म ‘अनाद्दीन’ बाट डेब्यू गरेकी थिइन्।
ज्यानलीन श्रीलंकन नभएर वास्तविक उनको सम्बन्ध बहराइनसँग छ। त्यहाँ उनका पहिचान स्ट्रीट रेसरको रुपमा थियो। बहराइनका राजकुमार राशिद अल खलीफा लामो समयसम्म ज्यानलीनसँग रिलेशनशीपमा थिए। तर बलिउडमा प्रवेश गरेपछि उनले आफ्नो सम्पूर्ण ध्यान करियरमा केन्द्रित गरिन्।
बलिउडमा ज्याकलीनको नाम साजिद खानसँग जोडिएको थियोे। तर उनीहरुबीचको सम्बन्ध लामो समयसम्म टिक्न सकेन।
ज्याकलीनलाई खाना बनाउने निकै ठूलो शोख छ। त्यतिमात्रै होइन केही समय पहिला ज्याकलीन फर्नांडिजले श्रीलंकामा कामसूत्रा नामको रेस्टुरेन्ट पनि खोलेकी थिइन्।
Post a Comment