Latest Updates :

घरको सजावटका लागि लगाउनुहोस् यस्ता तस्वीर, मिल्नेछ शुभ लाभ

SHARE THIS POST :
काठमाडौँ । घरमा राखिने हरेक वस्तुमा वास्तु शास्त्रको महत्व हुन्छ। घरमा कुन वस्तु कुन ठाउँमा राख्दा शुभ र कुन ठाउँमा राख्दा अशुभ भन्ने कुरा वास्तु शास्त्रले निर्धारण गरेको हुन्छ।

वास्तु शास्त्रका केही नियम पालन गर्नुभयो भने तपाईको घरमा सुख शान्ति र समृद्धि रहिरहन्छ।  आज हामी तपाईलाई घरको कुन दिशामा कुन तस्वीर लगाउँदा शुभ हुछ भन्ने बारे जानकारी दिदैछौँ।

१) घरको दक्षिणपूर्व दिशामा कुनै सुन्दर युवती वा मोडेलको फोटो लगाउनुहोस्। यसले घरको वातावरण रमाइलो बनाउनुका साथै घरमा शुभलाभ प्राप्त हुने गर्दछ।

२) राधाकृष्णको तस्वीरको लगाउनुहोस्, वैवाहिक जीवनमा कुनै समस्या छ भने हटेर जान्छ। दम्पत्तिले आफ्नो शयनकक्षमा राधाकृष्णको तस्वीर उत्तरपश्चिम भित्तामा लगाउनु शुभ मानिन्छ।

३) ज्योतिषशास्त्र अनुसार धनका देवीदेवतालाई आमन्त्रित गर्नका लागि उत्तर दिशामा कुबेर, लक्ष्मी वा सूर्यको चित्र टाँस्नु पर्दछ।

४) वास्तुदोष हटाउनका लागि दक्षिण–पश्चिम स्थानमा प्रकृतिको सुन्दरता देखिने चित्र राख्नुस्, जस्तै पहाड, सूर्य, रुख, बगैंचा। तर नदी र झरना जस्ता बगिरहेका पानीको चित्र राख्नु अशुभ माछि।

५) सुन्दर र महंगा गहना र जवाहरातको चित्र राख्दा अमंगल मंगलमा परिणत हुन्छ। धनधान्य पनि बढ्छ ।

६) उत्तर-पश्चिम कुनामा उडिरहेका पन्छीको तस्वीर राख्नुस्। यसो गर्दा पारिवारिक सदस्यहरूका इच्छा पूरा हुन्छन्।

७) घरमा घोडाको तस्वीर टाँस्नुहोस्, विजय प्राप्त हुने गर्दछ। घोडालाई साहसीको प्रतिक मानिने गरिन्छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger