Latest Updates :

कयौँ वर्षदेखि बाबुले ३ छोरीमाथि गर्दै आएका थिए यौन शोषण, हैरान भएर छोरीले उठाए यस्तो कदम

SHARE THIS POST :
एजेन्सी । आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गर्ने बाबुको ३ छोरीले मिलेर हत्या गरिदिएका छन्। कयौँ वर्षदेखि आफूमाथि यौन दुव्र्यहार गर्दै आएका कारण त्यसबाट मुक्ति पाउनका लागि ३ जना दिदीबहिनी मिलेर हत्या गरेको बताएका छन्।

यो घटना रुसको हो। रुसका एक माफिया बोस मिखाइल खचातुर्यन नाम गरेकी ती बाबुले आफ्ना तीन छोरीमाथि कयौँ वर्षदेखि यौन दुव्र्यवहार गर्दै आएका थिए। बाबुको उक्त व्यवहारबाट मुक्त हुनका लागि तीनै जना मिलेर हत्याको योजना बनाएको उनीहरुले प्रहरीसामु बयान दिएका छन्।

ती पुरुषको शव हत्या गरिएको अवस्थामा उनकै परिवारको एक फ्ल्याटमा भेटिएको थियो। प्रहरी बयानमा उनकी सबैभन्दा जेठी छोरीले भनेकी छिन, 'हामीले उनलाई घृणा गथ्यौँ। हाम्रो चाहना थियो उनी हामीबाट धेरै टाढा रहुन। यस्तो ठाउँमा पुगिन जो कहिलै फर्किएर नआउनुन्।'

तीनै बहिनीले भनेका छन्, 'त्यो दिनपनि बाबुले हामीलाई चक्कु हातमा लिएर धम्की दिइरहेका थिए। त्यही बेला एक जनाले उनको हातबाट चक्कु खोसिन र उनीमाथि हमला गरिन। त्यसपछि दुई बहिनी पनि उनीमाथि आक्रमण गर्न पुग्यौँ। मिखाइलले भाग्ने प्रयास गरेका थिए तर तीनै जनाले उनलाई भाग्न दिएनौँ। अन्तत उनको लिफ्टमा पुग्दापुग्दै ज्यान गयो। ' 

उनले हिरोइनको नसा गर्ने र कयौँ वर्षदेखि तीन जनामाथि आफ्नो पागलपनको शिकार बनाउने गरेको उनीहरुको दाबी छ। मस्कोको प्रहरीका अनुसार सामुहित रुपमा तीनै जनाले पिताको हत्या गरेको स्वीकार गरेका छन्। दोषी पाएमा उनीहरुलाई १५/१५ वर्षको जेल सजाय हुन सक्नेछ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger