लुटेराले गोलि चलाउनु को कारण प्रस्ट रुपमा खुलेको भने छैन। घटनामा रचनालाइ गाला, पिठ्यु, पाखुरा, कम्मर तथा पेट र मुटुको तल्लो भागमा ८ गोली लागेर गम्भीर अबस्थामा पुगेकी थियिन। कयौ घण्टा सम्म होस् नखुलेकी रचनाको उपचार पछि क्रमिक सुधार भैरहेको छ। सेन्ट फ्रान्सीस अस्पतालमा उपचाररत रचना अहिले सामान्य हिडडुल गर्न सक्ने अबस्थामा पुगेकी छिन।
आफ्नो दु:खद घडीमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिदै चिकित्सकहरुको ठुलो प्रयासले नै आफ्नो श्रीमतीले नयाँ जीवन पाएको उनका श्रीमान कपिलले जानकारी दिएका छन् । साथै गो फण्ड मि मार्फत आर्थिक सहयोग गर्ने लाइ समेत धन्यबाद दिदै उनले आफ्नो श्रीमतीको बर्तमान अबस्थाको फोटो हरु पनि सार्बजनिक गरेका छन्। गो फण्ड मि मार्फत गम्भिर घाइते रचनालाइ उपचार सहयोग गर्न खोलिएको एकाउण्ट्मा करिब ७३ हजार डलर सहयोग रकम संकलन भएको छ ।
मात्र ६ दिनमा २७५५ जना सहयोगी मन ले यति ठुलो रकम सहयोग गरेका थिए।११ महिना अघि मात्र अमेरिका गएका रचनाको परिवारमा पति कपिल र साढे २ बर्षका एक छोरा छन् । आफ्नो काम गरिरहेका बेला पछाडीबाट लुटेराले अन्धाधुन्ध गोली चलाएको थियो । गोली चलाउने १८ बर्षिय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भएपनि अन्धाधुन्द गोलि चलाउनु को कारण लुट गर्ने या अन्य उदेश्य स्पष्ट नभएको बताइएको छ
Post a Comment