Latest Updates :

घरमा लक्ष्मीको बास होस् भन्ने चाहनुहुन्छ ? घरमा राख्नुहोस् यी चिज

SHARE THIS POST :

तपाई दिन भरी कयौँ काम गर्नुहुन्छ ताकि लक्ष्मी माता खुशि भएर तपाईको घरमा खुशी छाओस् । त्यहि हामी मध्य कोहि त यस्ता पनि छौँ जो जिवन भरि कडा परिश्रम गर्दा पनि रोजी-रोटीको जुगाड गर्न बाहेक अरु कमाउन सकिन्न।

तर के तपाईलाई थाहा छ हाम्रो जीवनमा सकरात्मक र नकरात्मक ऊर्जाको कति धेरै प्रभाव पर्छ ? घरमा सकरात्मक र नकरात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ । तर आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खसै बिश्वास गर्दैनन् । जबकि वास्तुशास्त्रले हाम्रो जीवनको दिशालाई नयाँ दिशामा मोड्न सक्छ।  जन्नुहोस् वास्तुशास्त्रका अनुसार घरमा कुन कुन चिजहरु राख्दा तपाईको घरमा लक्ष्मीको बास हुनेछ।

१. घरमा राख्नुहोस् बासुरी
बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा निकै खास मानिन्छ।  यदि आर्थिक समस्याबाट मुक्ति पाउन छ भने घरमा चाँदिको बासुरी राख्न राम्रो हुन्छ। वास्तु शास्त्र अनुसार, सुनको बासुरी घरमा राख्दा घरमा लक्ष्मीको वास बनि रहन्छ । यदि सुन वा चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्दा राम्रो हुन्छ ।

२. भगवान गणेशको नृत्य गरेको मुर्ति
 भगवान गणेश हर रुपमा मंगलकारी हुन्, तर धन-लक्ष्मीको दुख दुर गर्नको लागि नृत्य गरेको गणेश मुर्ति घरमा राख्नाले निकै शुभ मानिन्छ। भगवान गणेशको यस्तो मुर्ति घरको मुख्य द्वारमा राख्दा राम्रो हुन्छ । यदि मुर्ति छैन भने तस्बिर पनि राख्न सकिन्छ।

३. घरको मन्दिरमा राख्नुहोस् लक्ष्मी र कुबेरको मुर्ति या तस्बिर
देवी लक्ष्मीको तस्वीर वा मूर्ति त लगभग सबैको घरमा हुन्छ, तर  धन-धान्य पाउनको लागि देवी लक्ष्मीको साथै भगवान कुबेरको मूर्ति वा तस्वीर राख्न जरुरी हुन्छ । स्थाई धन लाभको लागि घरमा देवी लक्ष्मी र भगवान कुबेर दुबैको पुजा गर्नु पर्छ । भगवान कुबेर उत्तर दिशाका स्वामी मानिन्छ, त्यसैले उनलाई सँधै उत्तर दिशामा राख्नु पर्छ।

४. घरको मन्दिरमा शंख राख्न शुभ हुन्छ
वास्तुका अनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत शक्ति हुन्छ, जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ जुन कुरा पनि राम्रो हुन्छ । शास्त्रका अनुसार, जुनको पूजा स्थलमा देवी लक्ष्मीको साथ शंखको स्थापना पनि गरिएको छ र पुज गरिन्छ भने त्यहाँ स्वयम लक्ष्मी माताको वास हुन्छ । यस्तो घरमा कहिले पनि धनको परिशानी हुँदै।

५. एकाक्षी नरिवल
नरिवललाई श्रीफल भनिएको छ र यसलाई देवी लक्ष्मीको स्वरूप मानिन्छ । श्रीफलहरु मध्य एकाक्षी नरिवल निकै नै शुभ हुन्छ । जुन घरमा एकाक्षी नरिवल राखिएको हुन्छ र नियमित पुजा गरिन्छ, त्यहा संकट कहिले पनि नआउने मान्यता छ, न त  कहिले धन-धान्यको कमी हुन्छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger