तत्कालीन राजा बिरेन्द्रको समाचार रेडियो नेपालबाट बज्दै गरेको आवाजसहित शुरु हुने भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । रामचन्द्र थापाको सङ्गीत तथा भुवन सिवाकोटी चौघरेका शब्द रहेको गीतमा रामकृष्ण निरौलाको स्वर रहेको छ । निर्देशक सुवेदीले भिडियोको प्रस्तुतीलाई अलिक फरक शैली दिन खोजेको बताए ।
गीतको भिडियोमा भिमफेदी गाईजले कोरियोग्राफी गरेका छन् भने अनिल के. मानन्धरको छायाँको तथा सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा अतिथि कलाकारको रुपमा जुना सुन्दास र सञ्जु शाह छन् ।
Post a Comment