Latest Updates :

अनुहार चम्काउनका लागि घरमै यसरी गर्नुहोस् एलोवेरा फेसियल

SHARE THIS POST :

काठमाडौं । एलोवेरा अर्थात घ्युकुमारी छालाको सुन्दरताको लागि राम्रो मानिन्छ । घ्युकुमारीले छालाको दागधब्बा हटाउनका साथै छालालाई स्वस्थ बनाइदिन्छ । यसले छालाका किटाणुहरु नष्ट गरिदिन्छ।

एलोबेरालाई फेसियल गर्ने प्याकको रुपमा पनि प्रयोग गर्न सकिन्छ। एलोवेरा फेसियलले अनुहारको दाग धब्बा हटाएर अनुहारलाई उज्यालो बनाइदिन्छ। यसले घामबाट डढेर छालामा देखिएको दाग पनि हटाइदिन्छ।

एलोवेराको जेललाई फेसियल प्याक बनाउनको लागि एउटा भाँडोमा ताजा एलोवेराको जुस र त्यो सम्भव नभएमा बजारमा पाइने एलोवेरा एउटा भाँडोमा लिनुपर्छ। त्यसपछि त्यसमा मह, बेसार, कागतीको रस र गुलाब जल मिलाएर पेस्ट तयार गर्न सकिन्छ।

पेस्ट अनुहारमा लगाउनुभन्दा पहिले कागतीले अनुहार क्लिंजिंग गर्नुपर्छ  र केही मिनेट मसाज गरेर धुनुपर्छ। त्यसपछि पेस्ट लगाएर ३० मिनेट सम्म राख्नुपर्छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger