आवश्यक सामग्री :
खसीको कलेजो, खसीको सफा गरेको भुँडीको भाग र आन्द्रा धनियाँ, प्याज, तेल, लसुन९अदुवाको पेस्ट, हरियो खुर्सानी रातो खुर्सानीको धुलो, बेसार, नुन, गरम मसला बेसार, दालचिनीको धुलो, सुकमेल आदि राखेर तयार गरेको विशेष मसला
विधी :
ठूलो भाँडोमा पानी तताउने र त्यसमा विशेष मसला राख्ने।
पानी उम्लन थालेपछि खसीको कलेजो, आन्द्रा, भुडी राख्ने।
कम्तीमा २० मिनेट उमाल्ने र निकालेपछि चिस्याउन राख्ने।
सेलाइसकेपछि त्यसलाई सानो९सानो टुक्रामा काट्ने ।
एउटा भाँडोमा तेल तताउने र त्यसमा बेसार राख्ने।
त्यसपछि मासु राख्ने र एक मिनेटपछि मात्र चलाउने।
त्यसपछि बाकी रहेका सबै सामग्री राख्ने र चलाउँदै फ्राई गर्ने।
केही मिनेट छोपेर पकाउने।
Post a Comment