त्यसयता उनले आफ्नो कलाकारिता क्षमता मार्फत दर्शकको मन जितिरहेका छन्। सलोन बस्नेत सधै झोला बोक्न मन पराउँछन् । बाइकमा यात्रा गर्न मन पराउने उनले आफूलाई चाहिने सामग्री राख्नको लागि झोला अत्यन्तै आवश्यक रहेको बताउँछन्।
उनले आमाले उपहार दिएको झोला बोक्ने गर्छन्। उनको झोलामा रेजर देखि पावरब्याङ्क सम्म हुने गर्छ। सलोनले आफूसंग सधै दुई वटा टुथब्रस लिएर हिंड्ने गर्छन् । एउटा ब्रस दाँत माझ्नको लागि प्रयोग गर्छन् भने अर्कोले जुत्ता सफा गर्छन्।
सलोनसंग अनेक किसिमका फ्यानहरुको सामना गर्नु परेको अनुभव छ। एकपटक उनको गाडी रोकेर एक जना तेस्रो लिंगीले आफू सलोनको बुवा शोभित बस्नेतको फ्यान भएको भन्दै जबर्जस्ती गाडीमा पसे।
त्यसपछि उनले आफ्नो बैनी सलोनको ठूलो फ्यान भएको भन्दै सलोनलाई आफ्नो घर जान कर गर्न थाले। ती व्यक्तिको जिद्दीलाई कुरैकुराले थमाएर उनलाई बाहिर निकालेका थिए।
Post a Comment