Latest Updates :

बेडमा सुतिरहेकी थिइन् महिला, जब आँखा खोलिन् तब उड्यो होश

SHARE THIS POST :

एजेन्सी। लन्डनको किंस्टनबाट अचम्मको समाचार सार्वजनिक भएको छ। जहाँ एक महिलालाई नराम्रोसँग डराइएको छ। ती महिलामाथि यस्तो घटना घट्यो, जसका कारण उनी डराएर जीवन बिताउन बाध्य छिन्। ती महिलामाथि यस्तो घटना घट्यो जसका कारण सो इलामा बस्ने अन्य मानिसहरु पनि डराएका छन्।

ती महिला सधैँ जस्तो आफ्नो काम पूरा गरेर आफ्नो बेडमा आराम गरिरहेकी थिइन्। सुत्ने बेलामा उनलाई आफूमाथि के हुँदैछ भन्ने विषयमा केही जानकारी थिएन। उनी आफ्नो घरको बेडमा एक्लै सुतिरहेकी थिइन्। तर, उनलाई थाहा थिएन भोलि विहान उठ्दा नचिनेको पाहुना आफूलाई पर्खिरहेको हुनेछ।

महिला आफ्नो बेडमा सुतिरहेकी थिइन्, भोलि पल्ट विहान उनी ब्युझिँदा उनको बेडमा ३ फिटको एउटा मोटो अजिंगर बसिरहेको थियो। जसलाई देख्ने वित्तिकै ती महिला आत्तिँदै बेडबाट तल झरिन्। त्यसपछि उनले वन विभागका कर्मचारीलाई फोन गरिन्। त्यसपछि वन विभागका कर्मचारीले अजिंगरलाई समातेर घर बाहिर लगे।

वन विभागका कर्मचारीका अनुसार उक्त अजिंगर कुनै व्यक्तिको घरबाट भागेर त्यहाँ पुगेको थियो। अजिंगरलाई गर्मी मौशम निकै मन पर्छ। उक्त घटनापछि ती महिला निकै डराएकी छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger