Latest Updates :

क्रोएशियाविरुद्ध सेमिफाइनल खेलिरहेको इंग्ल्याण्डलार्इ फिफाद्धारा ७७ लाख जरिवाना, यस्तो थियो उनीहरु प्रति गम्भीर आरोप

SHARE THIS POST :
क्रोएशियाविरुद्ध सेमिफाइनल खेलिरहेको इंग्ल्याण्डलार्इ अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ(५३ हजार पाउन्ड) जरिवाना तिराउने निर्णय गरेको छ।

विश्वकपको क्वार्टरफाइनलमा स्वीडेनसँग खेल्दा इंग्ल्याण्डका खेलाडीले प्रयोग गरेका मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएपछि फिफाले इंग्ल्याण्डलाई जरिवाना तिराउने निर्णय गरेको हो।

फिफाले विज्ञप्ति जारी गर्दै इंग्ल्याण्डका खेलाडीले खेलअघि र खेलका दौरान अनाधिकृत कमर्शियल ब्रान्डिङहरुको प्रयोग आफ्नो खेल सामाग्रीमा गरेको पाइएकाले जरिवाना तिराइएको उल्लेख गरेको छ।

फिफाको मिडिया र मार्केटिङ निर्देशन अन्तर्गत फिफालाई प्रायोजन गर्ने बाहेकका कम्पनीका लागो वा अन्य कुनै प्रचार हुने सामाग्री खेलाडीले खेलअघि वा खेलको अवधिमा लगाउन पाइदैन।

इंग्ल्याण्डका डिलि अलि, इरिक डायर र रहिम स्टर्लिङले उक्त खेलका दौरान फिफालार्इ प्रायोजन गरेको नाइक कम्पनीको मोजा माथि अनाधिकृत अर्को मोजाको प्रयोग गरेको पाइएको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger