दिब्या सपपरिवारसँग अमेरिका बस्दै आएकी छन् । नायिका झरना थापा, करिश्मा मानन्धर, नायक शिव श्रेष्ठ लगायतका छाराछोरी फिल्ममा डेब्यु गर्ने तयारीमा रहेका छन् । कबिता मानन्धर , सुहाना थापा , शक्ति श्रेष्ठ लगायका सेलिब्रेटीहरुको छोरछोरी जतिकै चर्चामा रहेकी अर्की एक सेलिब्रेटी हुन् दिब्या राईमाझी ।
चर्चित अनि लोकप्रिय नायक दिलिपको एक मात्र सन्तान दिब्याको सुन्दरताको चर्चा सुरुदेखि नै हुदै आएको थियो । कविता र सुहानाको डेब्यु हुन लागिरहेको अवस्थामा दिब्याको पनि डेब्युको प्रतिक्षा गरिएको छ । शरिर र सुन्दर रुप भएकी दिब्यालाई पहिलेदेखि नै अफरहरु आउने गरेको भएपनि उनले पढाइको कारण फिल्ममा काम नगरेको बताइन्छ । त्यसकारण पनि उनले फिल्ममा खेल्छिन खेल्दिनन् भन्ने बारे कुनै चर्चा छैन् । उनको सुन्दरताको कारण पनि उनलाई धेरैले नायिका हुने योग्य रहेको टिप्पणी गर्ने गर्छन् ।
अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी अहिले अमेरिकामा छिन् । दिव्याको सुन्दरता र अभिनय गर्न सक्ने क्षमता देखेर केही फिल्म निर्माता तथा निर्देशकले फिल्ममा काम गर्ने अफर पनि दिइसकेका छन् । तर उनी पहिले आफ्नो पढाई पूरा गर्ने सोचमा छिन् । यही कारण उनले आफूलाई आएका अफरहरुलाई अस्वीकार गरिन् । केही समयअघि दिव्याको जन्म दिनमा निर्देशक श्याम भट्टराईले उनलाई भविष्यकी नायिका पनि भनेका थिए । जुन कुराले फिल्मीबजार तातेको थियो । हेनुहोस भिडियोमा कत्ति राम्री दिव्या
Post a Comment