Latest Updates :

दाङमा बाढीले यात्रुसहितको बस बगायो

SHARE THIS POST :
दाङ। दाङमा अविरल वर्षाका कारण आएको बाढीले यात्रुवाहक बस बगाएको छ । बबई गाउँपालिका वडा नं. ५ स्थित ट्वाँङखोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

बाढीले बस बगाए पनि मानवीय क्षति भने भएको छैन । बसमा भएका यात्रुको सकुशल उघार गरिएको छ । बाढीका कारण मध्यपहाडी राजमार्ग भने अवरुद्ध भएको उनले जानकारी दिए । बगाले भन्ने स्थानदेखि तुलसीपुर तर्फ आउँदै गरेको उक्त बस सोमवार विहान साढे ७ बजेतिर ट्वाँङ खोलाले बगाएको चौधरीले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger