Latest Updates :

अमेरिकामा नेपालकी सुनिता दनुवारलाई 'टिप हिरो' अन्तर्राष्ट्रिय सम्मान

SHARE THIS POST :
अमेरिका। भारतका विभिन्न वेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्दार गर्नु र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने प्रमुख उद्देश्य राखि नेपालमा स्थापना भएको गैर–नाफामूलक संस्था शक्ति समूहकी अध्यक्ष तथा चर्चित सामाजिक कार्यकर्ता सुनिता दनुवारलाई अमेरिकी विदेश मन्त्रालयद्वारा बार्षिक १० जनालाई प्रदान गरिने मानव बेचबिखन विरुद्धको नायक (टिप हिरो) अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र राष्ट्रपतिकी सल्लाहकार इभांका ट्रम्पले मानव बेचविखन सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक क्रममा उनले सो सम्मान ग्रहण गरेकी हुन्। सुनिता दनुवार सहित विश्‍वभरका १० व्यक्तिलाई सो सम्मान प्रदान गरिएको थियो।

उनको मानव बेचबिखन विरुद्धको अथक अभियान तथा आफ्नो जीवन नै धरापमा राखेर पीडितलाई सहयोग, पीडकहरुलाई कारवाही र मानव तस्करी विरुद्ध चेतना फैलाउन गरेका प्रयासहरु एकदमै प्रेरणादायी छन्। प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक अबस्था तथा विश्‍वव्यापी दृष्टिकोण पनि प्रस्तुत गरेको छ।

नेपाल स्थित अमेरिकी दूतावासले नेपाल सरकार र सुनिता दनुवार जस्तै नेपालीहरुले मानव तस्करीको सामना गर्न गर्ने हरप्रकारका प्रयासहरुमा साथ जारी राख्ने प्रतिवद्धता पनि सो बिशेष समारोहमा जानकारी गराएको छ।

विश्व मानव जगतको मुख्य कलंक र अभिशापको रूपमा रहेको मानव बेचबिखन बिरूद्ध आफ्नो जिबन नै धरापमा राखि आफू समेत बेचिएको जिवन कहानी भएकी साहशिक नेपालकी छोरी सुनिता दनुवारको यो अभियानलाई अमेरिकी सरकारले गरेको सम्मानप्रति दक्षिण पूर्वी अमेरिकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका (NASeA) ले हार्दिक आभार ब्यक्त गर्दै सम्मानित सुनिता दनुवारलाई उच्च सम्मानका साथ बधाई ज्ञापन समेत गरेको छ। साथै उक्त संगठनले उनी आबद्ध भएको शक्ति समूह संगठनको उद्देश्य अनुरूप मानब बेचबिखन विरूद्ध अझै प्रभावकारी बढी सफलता मिलोस् भनी शुभकामना पनि व्यक्त गरेको छ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger