Latest Updates :

५० वर्ष पहिले विमान दुर्घटनामा मरेका पाइलटको लाश सुरक्षित भेटियो, ५० मध्ये ४४ अझै बेपत्ता

SHARE THIS POST :

एजेन्सी। ७ फेब्रुअरी १९६८ मा भएको विमान दुर्घटनामा मारिएका पाइलटको लाश अहिले भेटिएको छ । रोचक त के भने लाश अहिलेसम्म गलेको छैन र पूरै सुरक्षित छ । भारतको चण्डीगढबाट लेश गइरहेको यो विमान हिमाञ्चल प्रदेशको रोहतांग नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा भएका ५० जना सबैको मृत्युस भएको मानिएको थियो ।

दुर्घटनामा मारिएका एक व्यक्तिको शव यही साता भेटिएको हो । दुर्घटनापछि ५० शवको खोजी भइरहेको छ । तीमध्ये अहिलेसम्म ६ वटा भेटिएका छन् बाँकी ४४ शव अझै बेपत्ता छन् । यो विमान सोभियत संघमा बनेको एन्टोनोभ एएन १२ थियो । हिमाली क्षेत्रमा दुर्घटना भएकोले चिसोका कारण अहिलेसम्म शव सुरक्षित रहेको मानिएको छ ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger