Latest Updates :

'सोल्टिनी साह्रै मन पर्यो' भन्दै भिमफेदी गाइज (भिडियो)

SHARE THIS POST :

काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका गायक बाबु मोक्तान बिएलले आफ्नो दोस्रो एल्बम बेदनाको घाउमा समावेश गीत 'सोल्टिनी साह्रै मन पर्यो' को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । धादिङको रुबी भ्याली छेउछाउको रमाइलो दृश्यमा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई भिमफेदी गाइजले तयार पारेको हो ।

तामाङ लोकसेलोमा आधारित गीत युवाहरूले मन पराउने गायक मोक्तानको विश्वास छ । ‘हामीले राम्रो गीत बनाउने प्रयास गरेका छौ । म्युजिक भिडियो पनि राम्रै बनेको छ ।’ उनले भने । ‘सबै दर्शक स्रोताले हेरेर प्रतिक्रिया दिनु होला ।’ उनले थपे ।

गीतमा अशुसेन लामाको सङ्गीत सुन्न सकिन्छ । शब्द रचना गायक मोक्तान र आशुसेन लामाले गरेका छन् । यस अघि पनि गायक मोक्तानको जोमसोम बजारमा भन्ने लोक सेलो गीतको म्युजिक भिडियो धेरैले मन पराएका थिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger