Latest Updates :

भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे चालकबीच झडप, प्रहरीद्वारा १० राउण्ड हवाई फाएर

SHARE THIS POST :

चितवन। भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ।

सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले १० राउण्ड हवाईफाएर र अश्रुग्यास प्रहार गरेको बताए।

सो क्रममा आन्दोलनकारीले ना१६प ९४०७ नंको एउटा मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढासमेत गरेको उनले बताए। झडपका क्रममा तीनजना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएको र केहीलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ। दिउँसो १ः३० बजे झडप भएकाले घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको राठौंरले बताए।

दिउँसो १२ बजेबाट तीनपाङ्ग्रे सवारीका चालकले सडकमा सवारी राखेर चक्काजाम गरेका थिए। प्रहरीले सडक सञ्चालन गर्न खोजेपछि विवाद बढ्दै गएर झडप भएको हो। भरतपुर महानगरले पूर्व–पश्चिम लोकमार्ग, वाइपास रोड र नारायणगढ–मुग्लिन सडकमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ।

तीनपाङ्ग्रे चालकले ती मुख्य सडकमा पनि चलाउन पाउनुपर्ने माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका छन्। प्रहरीले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger