Latest Updates :

यस्ता छन् आखाँको आनो निको पार्ने घरेलु उपाय

SHARE THIS POST :
आज यस भिडियो मार्फत आँखामा आउने आनोको बारेमा जानकारी दिँदैछौँ। आँखामा आनो कसरी आउँछ र यसलाई निको कसरी पार्ने भन्ने विषयमा जानकारी गराउदैछौँ।

प्राय सबै उमेर समुहका मानिसहरुलाई आँखाको परेला माथि वा तल आउने रातो दाना नै आनो हो। यसले मानिसलाई ठुलै पिडा दिने गर्छ । आनो बढ्दै गएपछि आँखा पनि टालिने गर्छ । आनोले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याउँछ जसले हाम्रो आँखालाई असर गर्छ ।

आनोको समस्याबाट समाधान पाउने घरेलु उपायहरु :

१. बेसार :

तातोपानीमा बेसार घोलेर त्यसमा सफा कपडा भिजाउनु होस् र कपडाले आनो आएको ठाउँमा सक्ने गर्नुहोस् । यो पक्रिया दिनमा तिनचार पटक गर्नाले आनो हराएर जान्छ ।

२. अम्बाको पात :

अम्बाको पातलाई पानीमा उमालेर मनतातो बनाएपछि आँखा सेक्ने गरेमा आनोको पिडा कम हुनुको साथै बिस्तारै आनो हराएर जान्छ । यसका लागी दिनमा अम्बाको पात उमालेको पानीले दिनमा दुइतिन पटक आँखा सेक्नुपर्छ ।

३. इमलीको बिउ :

इमलीको बिउलाइ दुइ दिनसम्म पानीमा भिजाएर पिस्ने र त्यसको पेस्ट बनाएर आनो आएको ठाउँमा लगाउने गरेमा आनो निको भएर जान्छ ।

४. घिउकुमारी :

घिउकुमारीको जेल दिनदिनै आनोमा तीनचारचोटि लगाउनुस् । यो लगाउँदा आँखामा पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ ।

५. त्रिफला चूर्ण :

आधी चम्चा त्रिफला चूर्ण बिहान बेलुका तातो दूधसँग पिउनुस् । यसले आनोबाहेक अन्य समस्या पनि हटाइदिन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger