काठमाडौं । नेत्र प्रसाद भुषालको परिवारमा एकै पटकमा टार्नै नसकिने कष्ट र आपत आइपरेको छ । स्याङ्जा गल्याङबाट बाँके बसाइ सरेका भुषाल स्वयं अनेक शारीरिक र मानसिक रोगबाट ग्रसित भएर जीवन काटिरहेका छन् । उनस् स्वयं अस्पताल शैयामा रहेकै बेला उनका छोरालाई परेको अर्को संकटले परिवार नराम्ररी बिचल्लीमा परेको छ ।
भूकम्पले स्याङ्जाको घर ढलेको दुःख पुरिन नपाउँदै एक पछि अर्को संकटले भुषाल परिवारलाइ छाडेको छैन । चारजना छोराछोरी सहित ६ जनाको गुजारा गर्न यतिबेला हम्मे छ ।
सवरी दुर्घटना परेका नेत्र भुषालको अस्पताल बास लामै समय चल्यो । पेट दुख्ने समस्याको जरो पत्ता लगाउँदा थाह भयो कि उनको ठूलो आन्दा नै कुहिएको रहेछ । अपरेशन गरेर त्यसलाई ठिक पार्ने उनीसँग उपाय छैन । दैनिक १० वटासम्म डाइपर फेर्नुपर्ने अवस्था छ । दिशा रोकिदैन सँगै रगत बग्ने समस्या छ ।
उपचारका लागि लिएको ऋणले उनी थलिएका छन्, त्यसमाथि स्वास्थ्य उपचारमा खर्चको भार बढिरहेकै छ ।
भुषाल परिवार त्यतिबेला थप विक्षिप्त बन्यो जतिबेला ११ बर्षिय छोरा धर्मराजको हात नै काट्न पर्ने भयो । करेन्ट लागेर छोराको हात खाएपछि उनीहरू अहिले अस्पतालमा छन् । अपरेशन गरेर छोराको हाटको पाखुरा फालिएको छ । स्वयं विरामी भएर अस्पताल भर्ना रहेका बुबा नेत्रको व्यथा एकातिर ज्यूँका त्यूँ छ, त्यसमाथि ११ बर्षे छोराको अपरेशन गरेर हात फाल्नु परेको छ ।
अस्पताल शैयाबाट भुषाल परिवारको पुकार समेटिएको यो भिडियो सामग्री हेर्नुहोस्ः
Post a Comment