Latest Updates :

साथीको जन्मदिन मनाउन रमाउँदै गएका ६ युवकको भयानक दुर्घटनामा मृत्यु (भिडियोसहित)

SHARE THIS POST :
साथीको जन्मदिन मनाउन कारमा गइरहेका ६ जना युवकको कार दुर्घटनामा मृत्यु भएको थियो । ती युवकहरु आइतबार दिउँसो निस्किएका थिए । मध्यप्रदेशको भोपाल शहरभन्दा केही पर कोार स्टपको बाँधमा उनीहरुको कार सडकबाट ४० फिट तल खसेको अवस्थामा पाइएको छ । दुर्घटनाबारे त्यतिबेला थाहा भयो जब सोमबार बिहान स्थानीयले बाँधको फिल्टर प्लान्टमा कार फसेको देखे । पुलिसले कार क्रेनबाट बाहिर निकाल्यो । कारमा सबै ६ जना युवकको शव थियो ।


सीहोर एसएसपी समीर यादवका अनुसार दुर्घटनाको बेला गाडीको गति निकै तीव्र भएको अनुमान गरिएको छ । तीव्र गतिका कारण नियन्त्रण गुमाएपछि कार बाँधमा खसेको थियो । यी ५ जनाले मादकपदार्थ सेवन गरे नगरेको थाहा भएको छैन । पोष्टमार्टममा यसबारे थाहा हुने बताइएको छ । दुर्घटना भोपालबाट बाहिर जाँदा भएको हो वा भोपाल फर्किंदा भएको हो भन्ने समेत यकिन भइसकेको छैन । मृतकको पहिचान आकाश साहू, पंकज साहू, रंजीत साहरु, अभिजित राठौर, गौरव साहू र रजनीश पटेलको रुपमा भएको छ । यी सबै आकाशको जन्मदिन मनाउन गएका थिए । हेर्नुहोस् भिडियो –




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger