हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीतहरू गाउँघर सहरबजार राम्रै घन्किन थालेका छन । यस्तैमा अमित बाबु रोकायको लय सिर्जनामा अर्जुन पोख्रेल प्युठानीको तीज गीत मादलु रन्क्यो सार्वजनिक भएको छ ।
गीत सुनेर नाचौं नाचौं लाग्ने यो गीतमा रितु काली थापा र अर्जुन भुषालको स्वर रहेको छ । एक्सन मिडियाले निर्माण गरेको यो गीतको भिडियोलाई चर्चित निर्देशक शेरबहादुर डिसीले निर्देशन गरेका छन ।
सोम लामा, उमेश राई, पूजा जोशी, प्रकृति लामिछानेले भिडियोमा नृत्य गरेका छन । सुशीला डांगीको छायाङ्कन रहेको यो भिडियोमा सोम लामाको कोरियाग्राफी तथा प्रेम राज लामिछानेको सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियो :
Post a Comment