Latest Updates :

सुटिङमै दुर्गेश र करिष्माको यस्तो रोमान्स (भिडियो)

SHARE THIS POST :
काठमाडौं। यतिबेला कलाकारहरूलाई तीजको गीतको छायाङ्कन गर्ने चटारोले छपक्कै छोपेको छ । गायक रमेशराज भट्टराई र गायिका सम्झना भण्डारी यतिबेला उनीहरूले गाएको गीतको सुटिङमै व्यस्त देखिन्छन् । सञ्चारकर्मीसँग कुरा गर्दै गायक भट्टराईले नारीले मात्रै गाउने गीतमा पछिल्ला चरणमा महिलाको गीतमा उपस्थिति मात्रै होइन गीत समेत गाउन लागेको बताए । उनले समय अनुसारको माग भएको बताए । पहिला विडम्बना पोख्ने समयमा त्यही अनुसारका गीत गाउने चलन भएकाले महिलाहरूले मात्रै गाउथेँ ।
तर, यतिबेला प्रविधिको विकासले गर्दा पुरुषहरू पनि गीतसङ्गीतमा सहभागी भएको उनको भनाई छ । यसअघि पनि साझेदारीमा काम गरेका रमेश सम्झनाको यो अर्को संयुक्त कोसेली हो । उनले यो गीतमा पनि मौलिक भाकालाई मर्न नदिएको बताए । त्यस्तै, सम्झनाले पनि पहिला पहिला रोनाधोना हुनाले पुरुषले नगाउने तर, समय बदलिइसकेकोले अहिले गीतका स्वरुप फेरिएको बताइन् । उनीहरूको गीतमा मोडल दुर्गेश थापा र करिष्माले रोमान्स गरेका छन् ।
गीत हेर्नुस्ः
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger