एजेन्सी। नेदरल्याण्डमा एक परीक्षणको क्रममा ११ नवजात शिशुहरुको ज्यान गएको छ । परीक्षणका क्रममा गर्भवती महिलाहरुलाई यौन उत्तेजक औषधी भियाग्रा दिइएपछि उनीहरुको गर्भमा हुर्किरहेका शिशुको मृत्यु भएको हो । यो परीक्षण गर्भमा हुर्किरहेका बच्चाको विकास तीव्र बनाउनको लागि गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार नेदरल्याण्डका १० अस्पतालमा यो परीक्षण गरिएको थियो । परीक्षणमा ती महिलाहरु सहभागी थिए जसको गर्भमा हुर्किरहेको बच्चाको विकास निकै सुस्त गतिमा भइरहेको थियो । ती महिलाहरुलाई भियाग्राको डोज दिइयो । यसअघि मुसामा गरिएको परीक्षणमा भियाग्राले रक्तवाहिकालाई फैलाउने र शिशुको विकास छिटो हुने पाइएपछि मानिसमा परीक्षण गरिएको थियो । तर परीक्षण फेल भएपछि ११ जना नवजातको ज्यान गएको छ ।
Post a Comment