सलमानले बताएअनुसार जब उनी कलेजमा पढ्थे त्यतिबेला उनी ट्याक्सीमा आउने जाने गर्थे । लोकल ट्रेनमा अत्याधिक भीड हुने भएकोले उनी ट्रेनमा सफर गर्दैनथे । उनको घर दक्षिण मुम्बइमा थियो । एक दिन उनले घर जानको लागि ट्याक्सी लिए । जब उनी घरनजिकै पुगे त्यसपछि बल्ल उनले ख्याल गरे कि उनको खल्तीमा पैसा नै छैन । उनले घरनजिकै पुगेर ट्याक्सी रोके र ड्राइभरलाई घरबाट पैसा लिएर आउँछु भनेर भित्र गए ।
भित्र गएपछि सलमान पैसा लिएर गएनन् बरु पछाडिको पर्खाल नाघेर भागे । उता ट्याक्सी ड्राइभर भने उनलाई पर्खिरहेका थिए । सलमान नआएपछि ड्राइभर त्यत्तिकै फर्किए । कलेज पास गरेपछि सलमान मोडलिङ गर्न थाले । उनले विज्ञापनमा काम गर्न थाले । यही क्रममा एक दिन उनले घर जानको लागि ट्याक्सी बुक गरे ।
भाग्यको खेल यस्तो भइदियो कि उनले जुन ट्याक्सी बुक गरेका थिए त्यसको ड्राइभर उही पुरानो ड्राइभर थिए जसको पैसा नतिरेर सलमान भागेका थिए । जब ट्याक्सी उनको घर दक्षिणी मुम्बइ पुग्यो ड्राइभरले उनलाई चिने र वर्षौं पुरानो घटना याद दिलाए । त्यसपछि सलमानले पुरानो बाँकी १ सय तिर्नुपर्नेमा उनलाई हजार रुपैयाँ दिए ।
Post a Comment