नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले जनताले पाँच वर्ष काम गर्न दिएको आदेश अनुसार चल्ने भएकाले ‘सरकारलाई अल्झाउने, काम गर्न दिन्न भन्ने सोचहरु’ बेकार हुने पनि स्पष्ट पार्नु भयो ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कार्यालय, धुम्बाराहीमा पार्टी निकट पत्रकारहरुसँगको सामूहिक भेटमा उहाँले नेपालमा रेल आउने भन्दा पीर गर्नु पर्नाको कारण स्पष्ट पार्न पनि काँग्रेसलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालमा रेल आउने र त्यसका लागि पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि लिग बिछयाउने काम सुरु गरिएको पनि बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनु भयो । एउटा पनि अलोकतान्त्रिक गतिविधि हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।
उहाँले सरकार विधिसम्मत ढंगले चल्ने र कुनै पनि खालको गैरकानूनी काम गर्न नदिन दृढ रहेको पनि बताउनु भयो । ‘मिचमाच, थिचथाच, पेलपाल’ गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्री ओलीको स्पष्टिकरण छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिदै सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको अनुपयुक्त अभिव्यक्तिप्रति आफ्नो पर्याप्त ध्यान गएको र प्रधानमन्त्रीको हैसियतले त्यसलाई उपयुक्त ढंगले हल गर्न आफू तयार रहेको पनि स्पष्ट पार्नु भयो ।
उहाँले कानुनमन्त्री शेरबहादुर तामाङका विवादित अभिव्यक्तिप्रति संकेत गर्दै मन्त्रीहरुका अनुपयुक्त बोलाईहरुबाट देखिएको समस्या हल गर्न पनि उपयुक्त विधि अपनाईने बताउनु भयो ।
Post a Comment