Latest Updates :

गर्भवती हुने तर, बच्चा नराख्ने यी महिलाको कहानी

SHARE THIS POST :

बीबीसी। विगत दश वर्षदेखि मैले बच्चालाई आफ्नो पेटमा राख्ने र जन्म दिने सपना देखिरहेकी छु। तर बच्चालाई म सधैं आफूसँग राख्न चाहन्न र म आमा बन्न पनि चाहन्न। यही कारण हो मैले सरोगेट बन्ने निर्णय गरेँ, ताकि गर्भवती भइसकेपछि बच्चा आफूसँग राख्न नपरोस्। म केवल गर्भवती भएको मात्र अनुभव गर्न चाहन्छु।

म के मात्र जान्न चाहन्छु भने मानिसको बच्चा मेरो शरीरभित्र कसरी विकसित हुन्छ र उसलाई म आफ्नो पेटभित्र कसरी पाल्छु। म आफ्नो शरीरमा हुने परिवर्तनलाई हेर्न चाहन्छु। र, म आफ्नो पेटभित्र बच्चाको हचलनलाई महसुस गर्न चाहन्छु।

सरोगेट भन्ने इच्छा मलाइ २१ वर्षको उमेरमा आएको थियो। मैले सरोगेसीको एउटा फिल्म हेरिकी थिएँ। त्यसपछि मलाइ यो आइडिया आएको थियो। त्यसपछि मैले इन्टरनेटमा यो विषयमा धेरै अध्ययन गरेँ। र मलाइ के लाग्यो भने म पनि यो गर्न सक्छु। म एउटा लामो सम्बन्धमा बसेकी छु। मेरो जस्तै मेरो प्रेमीले पनि बच्चा चाहँदैन थियो। तर सरोगेसीमा उसको इच्छा थिएन। म आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर सरोगेसी किन बन्न चाहन्छु भन्ने कुरा उसले बुझ्न सकेन। फेरि मैले पाउने बच्चा मेरो पनि होइन।

यसकारण म आफ्नो बच्चा चाहन्न
तपाइँ थाहा पाउन चाहनुहुन्छ म आफ्नो बच्चा किन चाहन्न? बच्चाको पालन पोषण गर्नु ठूलो जिम्मेवारी हो। मलाइ लाग्दैन की म मेरो दिमागी अवस्था र  आफ्नो करियरलाई मध्यनजर गर्दै यो ठूलो जिम्मेवारी निर्वाह गर्न सक्छिन्।

थाहा छैन म यसको लागि कुनै बेला तयार हुन्छु वा हुन्न।  म एउटा इभेन्ट कम्पनीमा काम गर्छु। त्यस बाहेक म एउटा क्रियटिभ प्रोजेक्टमा पनि काम गर्दैछु। यसकालागि मैले घण्टौं काम गर्नुपर्छ। विभिन्न देशमा जानुपर्छ। यस्तो कामका कारण बच्चा हुर्काउनु निकै मुस्किल विषय हो।
गर्भवती हुनु पनि कम चुनौतीपूर्ण काम होइन्। तर सरोगेसीकालागि एक निश्चित समय दिए पुग्छ।

मलाइ मातृत्वबाट अवकाश मिल्छ र त्यसपछि म आफ्नो काममा जान सक्छु। तर मैले बच्चालाई आफूसँग राखेँ भने जीवनभर उसको जिम्मेवारी लिनुपर्छ। गर्भधारण गर्ने नकारात्मक समयको पनि मलाइ थाहा छ। कम्मरको दुखाई, थकान, बिरामी र अरु धेरै कुरा।

मलाइ यो पनि थाहा छ बच्चालाई जन्म दिनु सजिलो विषय होइन। तर, म त्यो दुखाइ र असहज अवस्थाको अनुभव गर्न चाहन्छु। मलाइ थाहा छ, गर्भावस्थामा धेरै महिला लगातार उल्टी गर्छन्। म यी सबै कुराको अनुभव गर्न चाहन्छु।

मलाइ के डर लाग्छ भने नौ महिनासम्म आफ्नो पेटमा बच्चा राख्दा मलाइ उप्रति लगाव हुनसक्छ। बच्चासँग आमाको लगाव जन्म दिनुभन्दा पहिलादेखि नै हुन्छ। किनभने पेटमा नै उसले पहिलो आवाज आमाकै सुन्छ।

अहिले मेरो उमेर करिव ३० वर्षको छ। अहिले उमेरको यस्तो विन्दुमा छु जब मानिसहरु बच्चाका विषयमा सोचिरहेका हुन्छन्।
मेरी नजिककी साथी केही समय अगाडि मात्रै आमा बनेकी छन्। गर्भावस्थाको नौ महिनाका क्रममा उनले जुन उतार चढाव देखिन् म त्यो अनुभव गर्न चाहन्छु। मेरा अर्का साथी पनि छन् जो समलिंगी हुन्। उनी कसैसँग रिलेशनमा छन्। मैले यसलाई भनिदिएकी छु, यदि उसले सरोगेट चाहन्छ भने म तयार छु।


यस्तो सोच भएकी म एक्लै होइन्
म एक्ली महिला होइन जुुन यो सबै कुरा भनिरहेकी छु। बेलायत र वेल्समा सरोगेसी बढिरहेका छन्। बेलायतमा प्रत्येक वर्ष ३०० जोडीलाई सरोगेसीको इजाजत दिइन्छ। दश वर्ष पहिला यस्ता ५० जनाले मात्र इजाजत पाउँथे।

सबै जना मेरा नजिकका साथीजस्ता खुला दिमागका हुँदैनन्।  केही साथीले मलाइ भन्छन्, ‘जब बच्चा तिम्रो हुँदैन भने आफ्नो शरीर किन खराब गर्छौ?’ कतिसम्म भने मेरी आमाले पनि यो कुरालाई बुझ्न सक्नु भएको छैन। उहाँलाई के लाग्छ भने यस्तो गर्नु मेरो गल्ती हो।

तर यो मेरो फैशला हो। मलाइ थाहा छ कि गर्भावस्थाबाट म के कुरा हासिल गर्न चाहन्छु। म ठूलो पेट चाहन्छु, म बच्चालाई आफ्नो पेटमा पाल्न चाहन्छु। म त्यो बेलाको अनुभव गर्न चाहन्छु। र, गर्भवती भइसकेपछि म बच्चालाई आफूसँग राख्न चाहन्न। यसमा के गलत छ?
नाम गोप्य राख्ने शर्तमा एक सरोगेसी महिलासँग बीबीसी हिन्दीले गरेको कुराकानीमा आधारित
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger