एजेन्सी। अमेरिकाकी रियालिटी टेलिभिजन कलाकार किम कार्दशियनको परफ्यूम कम्पनीमाथि कपी राइटको आरोप लागेको छ। किमको परफ्यूम कम्पनीमाथि शिकागोको मार्केटिङ कम्पनीले आफ्नो लागो चोरेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
वाइब्स मिडियाले कार्दशियनको परफ्यूम लाइन ‘किमोजी बाइब्स’ माथि आफ्नो स्पीच बबल भएको लोगोको कपी राइटको आरोप लगाएको छ। मार्केटिङ कम्पनी वाइब्सले आफ्नो किमोजी वाइब्स परफ्यूम बोटलको शेप कपी गरेको आरोप लगाएको छ।
वाइब्स कम्पनीका प्रवक्ताले भने, ‘किपिङ अप विथ द कार्दशिन स्टार किमलाई हाम्रो लोगो जुन हामी कयौं वर्षदेखि प्रयोग गरिरहेका छौं उक्त लागो हाम्रो अनुमति विना प्रयो गर्ने अधिकार छैन।’
किमको नयाँ परफ्यूमले लाइन ‘किमोजी’ ले लन्च हुने वित्तिकै ३४.२८ करोड कमाएको थियो।
Post a Comment