अहिले देश र विदेशका सेलेब्रिटीजको सामाजिक संजालमा लाखौं करोडौं फलोअर्स हुन्छन्। जसको फाइदा व्यापारी कम्पनीले उठाउँदै आएका छन्। उनीहरुको फोटो आफ्नो उत्पादनको विज्ञापनमा प्रयोग गर्छन्। विशेषगरी इन्स्टाग्राम प्लेटर्फममा। जसबाट आमा मानिस निकै प्रभावित हुन्छन्। जसकालागि सेलेब्रिटीज एउटा फोटोग्राफकालागि लाखौं करोडौं रुपैयाँ लिने गर्छन्।
इन्स्टाग्राम पोस्ट शेड्यूल गर्ने प्येटफर्म हापरएचक्यूले २०१८ मा इन्स्टाग्राम पोस्टबाट राम्रो कमाइ गर्ने सेलेब्रिटीजको लिस्ट तयार गरेको छ। जसमा ती धेरै सेलेब्रिजीटको नाम छ, जो आफ्नो एक फोटोग्राफबाट करोडौं रुपैयाँ कमाउँछन्।
यो लिस्टको पहिलो नम्बरमा काइली जेनरको नाम छ। काइली जेनर कर्दाशियाँकी सौतेनी बहिनी हुन्। उनको उमेर मात्र २० वर्षको भयो। उनले एउटा इन्स्टाग्राम पोस्टकालागि दश लाख डलर लिन्छिन्। यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्ने हो भने करिव दश करोड रुपैयाँ हुन्छ। यति सानो उमेरमा काइली जोनर ठूला ठूला उद्योगपतिलाई टक्कर दिइरहेकी छन्। उनले सबैभन्दा युवा अमेरिकी धनी व्यक्तिको सूचीमा समावेश फेसबुकका सीईओ मार्क जुकरबर्गलाईसमेत टक्कर दिएकी छन्। अहिले उनी विश्वमा चचित भएकी छन्। काइली जेनर पनि कर्दाशियाँ जस्तै सुन्दर र बोल्छ छिन्।
यो लिस्टमा गत वर्ष सेलेना गोमेज थिइन्। जो यो वर्ष दोस्रो नम्बरमा छिन्। सेलेना आफ्नो प्रत्येक तस्वीर पोस्ट गरेवापत ५ लाख डलर लिन्छिन्। सेलेना गोमेज हलिउडकी सुन्दरी गायिका हुन्। विश्वभर उनका करोडौं फ्यान छन्।
हापरएचक्यूको यो लिस्टमा विश्वभरका अन्य धेरै सेलेब्रिटीजको नाम पनि छ। जसमा क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन्। ड्वायन जनसन छैटौं, जस्टिन बीबर सातौं स्थानमा छन् भने किम कर्मादिशाँ यो सूचीको चौथो नम्बरमा छिन्। बियान्से पाँचौं नम्बर छन्। जो एउटा फोटोले करोडौं रुपैयाँ कमाइरहेका छन्।
Post a Comment