Latest Updates :

विहान उठ्दा स्वास गनाउछ ? समाधानका लागि यी घरेलु उपाय अप्नाउनुहोस्

SHARE THIS POST :
विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ (Halitosis) भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ। हुन त दुर्गन्धित स्वास हुनुका कारणहरू थुप्रै छन्, तर त्यी समस्यालाई समाधान गर्ने तरिकाहरू पनि पक्कै थुप्रै छन्।
तीमध्येकै केहि सम्भव तरिकाहरू यसप्रकार रहेका छन् :

१. सुत्नुभन्दा अगाडि दाँत माझ्ने बानी बसाल्नुहोस्
दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, स्वास गनाउने समस्याको त समाधान हुन्छ त्यसको साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख स्वास गनाउने समस्या कम हुँदै जान्छ।

२. दिनमा एकचोटि जीब्रो सफा गर्नुहोस्
विहान उठ्दा स्वास गनाइराखेको छ भने तपाईँको जीब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन्। त्यसैले दाँत माझेपछि नरम ब्रसले जीब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस्। जीब्रो सफा गर्दा बढी बल प्रयोग गर्नुभयो भने, जीब्रोका टेस्ट बड (Taste bud) हरूमा क्षति पुगि स्वादको पहिचान गर्न कठिनाइ हुन सक्छ।

३. नुन पानीले मुख कुल्ला गर्नुहोस्
अल्कोहलको मात्रा भएका मुख कुल्ला गर्ने तरल पदार्थहरूले मुखलाई झन् बढी सुक्खा गराउँदछ। त्यसैले मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ। त्यसको लागि १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला गर्नुहोस्। त्यसो गरेमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ। औषधी पसलमा अल्कोहल नमिसाइएको माउथवासहरू पनि पाइन्छन्, त्यसको प्रयोग गर्न पनि सक्नुहुन्छ। यसरी मुख कुल्ला गर्दा रातभरी मुखमा जम्मा भएर बसेका ब्याक्टेरियाहरू हट्छन् र स्वास गनाउने समस्यामा कमी हुँदै जान्छ।

४. सुत्ने बानीलाई सुधार्नुहोस्
राती सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह्रौँ स्वास फेर्नुपर्ने हुन्छ, जसले गर्दा विहान स्वास गनाउन सक्छ। त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरुरी हुन्छ। त्यसको लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको सट्टा नाकले सास फेर्ने बानी बसाल्नुहोस्।

५. सुत्नुभन्दा अगाडि नाकबाट सास फेर्ने बानी गर्नुहोस्
सुत्नुभन्दा अगाडि एउटा कुरा सम्झिनुहोस्, “नाक सास फेर्नको लागि हो र मुख खानको लागि हो!” केहि दिनसम्म सुत्नुभन्दा पहिले नाकले स्वास फेर्ने अभ्यास गर्नुहोस्, अनि सुत्दा पनि मुख बन्द गर्नुहोस् र नाकले नै स्वास फेर्नुहोस्।

६. सुत्नुभन्दा अगाडि १ गिलास पानी पिउनुहोस्
राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले विहानमा दुर्गन्धित सास निम्त्याउँदछ। त्यसैले दिनमा पनि कम्तीमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी जरुर पिउनुहोस्। १ गिलास दूध पिउँदा पनि दुर्गन्धित सासमा कमी आउँदछ।

७. ताजा फलफूल तथा साजसब्जिहरू खानुहोस्
ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि सास गनाउने समस्यामा कमी हुन्छ।
धेरै बोसो तथा चिल्लो भएका खानेकुराहरू नखाँदैमा उचित हुन्छ। त्यसले गर्दा मुखमा किटोन्स (ketones) नामक रसायन जम्मा हुन्छ, जसले एकदमै दुर्गन्धित सास पैदा गराउँदछ। त्यसैले यस्ता खानेकुराहरू खानुभन्दा पहिले विचार पुर्याउनु जरुरी हुन्छ।

८. लसुन, प्याँज र पीरो खानेकुराहरू नखानुहोस्
सबैलाई थाहा भएकै कुरा हो कि, प्याँज खाएपछि कत्तिको सास गनाउँछ भनेर! हुन त प्याँज खानु स्वास्थ्यको लागि राम्रै कुरा हो, तर नराम्रो सासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ। नियमित रूपमा लसुन, प्याँज सेवन गर्ने मानिसहरूको सास मात्रै होइन, पुरै शरीरबाट नै दुर्गन्ध आउने गर्दछ।

९. गुलियो खानेकुरामा कमी गर्नुहोस्
धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केहि कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको श्रोत बन्न जान्छ। त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ। ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा सास गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछ। त्यसैले गुलियो खानेकुराहरू खइसकेपछि पानीले मुख कुल्ला गर्न नबिर्सनुहोला।

१०. चिकित्सकको सल्लाह लिनुहोस्
जुनसुकै उपायहरू अपनाउँदा पनि तपाईँको सास गनाउन छोडेन भने त्यो सामान्य अवस्था पक्कै पनि होइन। त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। कम्तीमा पनि वर्षको एकचोटि सबैजनाले दन्त चिकित्सकसँग आफ्नो दाँतको जाँच गराउनु आवश्यक हुन्छ। त्यसो गरेमा तपाईँको दाँतमा तपाईँले थाहा नपाउने गरि आउने समस्याको पनि तुरुन्तै पहिचान हुन्छ र अझ बढी समस्या आउनबाट बच्न सकिन्छ ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger