Latest Updates :

सगरमाथामा फोहर बढेकोप्रति सरोकारवालाको चिन्ता

SHARE THIS POST :

काठमाडौँ । विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याइयो।

नेपालको पहिचान सगरमाथा भए पनि सगरमाथाको फोहर र वावातवरणीय समस्याका कारण सगरमाथालगायत अन्य हिमाल जोखिममा पर्दै गएको उनीहरुको धारणा थियो। कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले लागि सगरमाथा र अन्य हिमालको संरक्षण र सम्वद्र्धन बिना नेपालको पर्यटनले गति लिन नसक्ने बताए।

उहाँले सरकारले सन् २०१८ लाई स्वच्छ नेपाल अभियान शुरु गरिसकेको जानकारी दिँदै सफा सगरमाथाको लागि महाभियान चलाइने उद्घोष गरे। नेपालको आफ्नो कारणले मात्र नभई विश्वव्यापी समस्याका कारण नेपालले पनि त्यसको असर भोग्न परेको भन्दै मन्त्री बस्नेतले यस विषयमा विकसित राष्ट्रसँग आफ्ना कुरा राख्ने र नेपालले त्यसबाट लिन सक्ने फाइदाबारे सरकारले पहल गर्ने उल्लेख गरे।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण नेपालका हिमनदी जोखिममा रहेको र यसले नेपाली जनजीवनलाई असर गरिरहेको बताए।

उनले सगरमाथाको सरसफाइ चुनौतीपूर्ण कार्य भएको बताउँदै आफूहरुले व्यक्तिगत पहलमा फोहर संकलन गर्दै आएको बताए। नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानरु शेर्पाले नेपालको पहिचाननै सगरमाथा भएकाले यसको सफाइ आवश्यक भएको बताए। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले ग्रामीण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जनले आफूले सगरमाथा अरोहण गर्दा देखेको फोहरले गर्दा सफा सगरमाथा अभियान शुरु गर्न लागिएको बताए। नाटोजका अध्यक्ष शिव अधिकारीले सगरमाथा सफाइ अभियानलाई राष्ट्रियरुपमा अघि बढाइनुपर्नेमा जोड दिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger