Latest Updates :

डा. केसीको अनसनमा यसरी झुक्यो दुईतिहाईको शक्तिशाली सरकार !

SHARE THIS POST :
आमरण अनसनरत डा. गोविन्द केसीबीच सरकारले नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशका मुल विषयबस्तुबाट पछि हटेपछि डा. केसी १५औँ अनसन  बसेका थिए ।

तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ । यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्।

उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ। सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग केसीले राखेका थिए। दस वर्षभित्र उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने सहमति सरकार र केसी पक्षबीच भएको छ।

एउटा विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति पनि केसी र सरकार पक्षबीच भएको छ। सरकारसँग भएको सहमतिलाई संसदबाट पनि अनुमोदन गरेर प्रक्रियाअनुसार अघि बढाउने सहमति भएको छ।

‘सबै विषयमा डा. केसीसँग सहमति भएको छ, केसीका मागका २२ वटा मागमै सहमति जुटेको छ,’ केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सञ्चारकर्मीहरुसँग भने। हस्ताक्षर कार्यक्रममा डा. केसीका तर्फबाट आफ्नो अभियानमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिइएको थियो।

भिडियो हेर्नुहोस् :



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger