सिड्नी विमानस्थल नजिकै ११ मार्च २०११ मा एउटा यस्तो तस्विर खिचिएको थियो त्यो यतिबेला इन्टरनेटमा चर्चित बनिरहेको छ। फोटोग्राफर डामियन आइलोले खिचेको तस्विरमा क्वान्टास एयरवेज र एयर न्युजिल्यान्डका दुई विमान जुध्न लागे जस्तो देखिन्छ।
वास्तविकतामा भने दुई जहाजहरुबीच दुरी निकै नै थियो। क्वान्टासको एयरबस ३८० विमानस्थलको आकासमा उडिरहँदा एयर न्युजिल्यान्डको एयरबस ३२० आइपुगेको थियो।
दुवै जहाजहरु एक आपसमा विपरित दिशातर्फ घुमिरहँदा डामियनले यो तस्विर लिएका थिए। यो तस्विर निकोन डी ७००० क्यामेराले खिचिएको थियो। क्यामेरामा एक्सपोजर समय १०/१०००० तस्विर खिचिएको डामियनले उल्लेख गरेका छन्।
Post a Comment