Latest Updates :

अन्तिम समयमा प्रियंकाले छोडिन 'भारत' : निक बने मुख्य कारण

SHARE THIS POST :
एजेन्सी । बलिउड क्षेत्रमा एक अचम्मित खबर बाहिरीएको छ। दुई वर्षपछि बलिउडमा कम ब्याक गर्न लागेकी अभिनेत्री प्रियंका चोपडाले सलमान खानको साथ छोडेकी छन्।

उनले सलमान खानको चलचित्र भारतबाट बलिउड क्षेत्रमा कम ब्याक गर्दै थिइन्। तर उनले कमब्याक नगर्दै भारत फिल्मबाट हात झिकेकी छिन्। चलचित्रका निर्देशक अली अब्बास जफरले यस कुराको पुष्टी गरेका छन्।

अली अब्बासले ट्वीट गर्दै लेखेका छन्, प्रियंका चोपडा अब भारतको हिस्सा रहिनन्। उनले यस्तो गर्नु निकै स्पेशल छ। प्रियंकाले आफ्नो फैसला निकै कम समयमा दिइन्। तर हामी उनका लागि निकै खुसी छौँ। टिम भारत प्रियंका चोपडाको धेरै माया र उनको खुसीको कामना गर्दछ।

फिल्म भारतबाट सलमान प्रियंका एक दशकपछि एउटै स्क्रिनमा काम गर्न लागेका थिए। तर त्यो काम पुरा हुन सकेन्। अली अब्बासको ट्वीटले प्रियंकाले निकसँग विवाह गर्न लागेको संकेत दिएको छ। उनले आफ्नो एक ट्वीटमा निकको नाम समेत उल्लेख गरेका छन्।

निक भारत आएर प्रियंकाको परिवारलाई भेटेपछि यी दुबैले चाडै विवाह गर्छन भन्ने धेरैको अटकल थियो। पछिल्लो समय प्रियंका र निकका परिवारपनि एक अर्कासँग नजिकिएका थिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger