असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्रको ‘उडायो हावाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
लण्डनमा र नेपालमा खिचिएको चलचित्रको शिर्ष गीतमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फिचरिङ गरिएको छ ।
गीतमा हर्कुलस बस्नेत तथा निकिता थापाको स्वर रहेको छ । गीतका संगीतकार तथा रचनाकार हर्कुलस नै हुन् ।
रेनशा वान्तवा राई निर्देशित ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु शमशेर जबरा, प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन् ।
Post a Comment