एजेन्सी। हलिउड फिल्म पूरै विश्वमा आफ्नो उत्कृष्ट ग्राफिक्स, एक्शन, डाइरेक्शनकालागि चर्चित हुन्छन्। तर यदि हलिउड हरर फिल्मको कुरा गर्ने हो भने थियटरमा दर्शक पसिना पसिना हुन्छन्। केही पटक त हलिउड हरर फिल्म हेर्दा केही व्यक्तिको निधन भएको सम्मका समाचार सार्वजनिक भएका छन्। तर आज हामी तपाइँलाई फिल्म भित्रका केही खास कुरा जानकारी दिन गइरहेका छौं जसका तपाइँलाई जानकारी नहुन पनि सक्छ।
हरर फिल्ममा जिउ नै सिरिङ हुने डलराग्दो सिनका विषयमा विषयमा कयौं मानिसको गलत बुझाइ हुन्छ। उनीहरु यस्ता सिनलाई भिडियो एडिटिङको कामल पनि भन्छन्। जबकि वास्तविकता अरु नै हुन्छ। आजको यस आधुनिक युगमा फिल्म निर्माता आफ्नो फिल्ममा धेरै भन्दा धेरै राम्रो वस्तुको प्रयोग गर्न चाहन्छन्। भिडियो इडिटिङबाट काम चलाउने जमाना अब रहेन्।
आजको समयमा हरर फिल्ममा सबै कमाल भिडियो एडिटरको हुँदैन बरु मेकअप आर्टिस्टको हुन्छ। फिल्मका अभियन गर्ने कालकारलाई यसरी तयार गरिन्छ की विश्वको जुन सुकै भिडियो इडिटिङ सफ्टवेयर उसको सामना गर्न सक्दैनन्। हलिउडको हरर फिल्ममा घाँटी काटेको र रगतै रगत भएको भूमिका देखिने कलाकारको भूमिकाको देन मेकअप आर्टिस्ट कै हो।
यस्ता मेकअप आर्टिस्ट कडा मेहनत र प्राक्टिकलपछि पक्का खेलाडी बन्छन्। अमेरिकाको लस एन्जलसमा यस्ता मेकअप आर्टिस्ट तयार पार्ने एक खास स्कुल छ। जुन सिनेमा मेकअप स्लुकका नामले परिचित छ।
Post a Comment