काठमाडौँ। कलाकार सन्तोष पन्तको नाम नसुन्ने प्राय कमै होलान्। नेपाली टेलिभिजनका एक स्मरणीय पात्र हुन् सन्तोष पन्त। कुनै बेलाको चर्चित कार्यक्रम ‘हिजो आजका कुरा’ जुन ६ सय ९९ भाग प्रसारण भएको थियो त्यसले उनलाई स्थापित गरायो। अहिले उनी नेपाली सेनाको साप्ताहिक टेलिभिजन कार्यक्रम 'माटोले माग्दैन आफैँले दिनुपर्छ'मा व्यस्त रहेका छन्।
धेरैपछि मिडियामा देखिएका उनले आफ्नो बाल्यकाल सम्झिदै आफू निकै भाग्यमानी रहेको बताएका छन् । 'मैले कहिले पनि निराशाका दिनहरू बिताउनु परेन। कहिले पनि सङ्घर्ष गर्नु परेन,'उनले भने।
अन्तर्वार्ताको क्रममा उनले पत्रकार रवि लामिछाने र ऋषि धमलाबारे टिप्पणी गरेका छन्। हेर्नुस् उनीसँगको कुराकानी।
Post a Comment