Latest Updates :

अनावश्यक रौंबाट सजिलै छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु विधी

SHARE THIS POST :
अनुहार तथा शरीरमा देखिने अनावश्यक रौं का कारण महिला तथा पुरुष दुबैको  सौन्दर्यमा फरक पर्छ । यस्ता रौं ले महिला तथा पुरुष दुबैलाई कुरुप समेत बनाएको अनुभव हामीले गरेकै हुनुपर्छ ।

अझै महिलाको अनुहारमा पलाएको अनावश्यक रौंले उनीहरुलाई चिन्तीत तुल्याउने गर्छ । अनि यस्ता अनावश्यक रौं बाट छुटकारा पाउन उनीहरु अनेक थरिका आधुनिक बिधि तथा औषधी प्रयोग गर्ने गर्छन् । तर कतिपय अवस्थामा त्यस्ता आधुनिक बिधि तथा औषधी लाभदायक हुनुको सट्टा हानिकारक हुनपुग्छ ।

आज डिसीनेपाल तपाईलाई प्राचिन बिधि अपनाएर आफ्नो अनुहार तथा शरीरमा भएको अनावश्यक रौं सखाप पार्न सकिने अचुक उपायका बारेमा जानकारी गराउँदै छ ।

यो प्राचिन बिधि एक दुई महिना सम्म नियमित रुपमा अपनाउनुभयो भने तपाईले आफ्नो अनुहार तथा शरीरमा पलाएको अनावश्यक रौं आपसे आप हराएर गएको पाउनुहुनेछ ।

आवश्यक सामान

- एक मुट्ठी ओखर लिनुहोस् र यसलाई डढाउनुहोस् ।

- ओखर डढेर जम्मा भएको खरानीलाई एउटा कचौरामा राख्नुहोस् ।

- अव कचौरामा केहीमात्रा पानी मिसाउनुहोस् र मीश्रणलाई १२ घण्टा सम्म छोडी दिनुहोस् । अव ओखती तयार भयो ।

ओखती प्रयोगगर्ने बिधि

- कचौरामा भएको ओखती (मीश्रण) लाई आफुले हटाउन चाहेको रौं को वरिपरी दल्नुहोस् ।

- यो प्रक्रिया दिनको २ पटक दोहोर्याउनुहोस् र शरीरमा दलेको ओखतीलाई करिव आधा घण्टा जति राख्नुहोस् र सफा पानिले पखाल्नुहोस् । केही हप्तामै तपाईको अनुहार तथा शरीरमा भएको अनावश्यक रौं हराएर जानेछ ।

यस्ता अनावश्यक रौंलाई प्राचिन इजिप्टीयन चिनि प्रबिधिबाट पनि सखाप पार्न सकिन्छ

शरीरमा चिनि दल्ने प्रबिधि भनेको शरीरमा पलाएका अनावश्यक रौं लाई वाक्सिङ तथा सेभिङ नगरिकनै सजिलै छुटकारा पाउन सकिने तरिका हो । यो प्रबिधिले रौं लाई यसका जराहरुबाट बाहिर निकाल्छ र बिस्तारै सखाप पारिदिन्छ ।

आवश्यक सामान

- २ कप चिनि

- आधा कप कागतीको रस

- आधा कप पानीलाई मिसाएर मीश्रण बनाउनुहोस् ।

मीश्रणलाई एउटा ससप्यानमा खन्याउनुहोस् । अव यसलाई आगोको मधुरो आँचमा तताउनुहोस् । यसलाई धेरै उमाल्नु चाँही हुँदैन । लेदो भए पछि आगोबाट निकाल्नुहोस् र चिसो हुन दिनुहोस् । अव यसलाई एउटा जारमा राख्नुहोस् ।

प्रयोग गर्ने बिधि

- एक इन्च कपास काट्नुहोस् ।

- मीश्रणलाई चिसो हुन दिनुहोस् जसका कारण तपाईको औला पोलिने छैन ।

- अव मीश्रणलाई चाहेको स्थानमा दल्नुहोस्।  केही मिनेट सम्म त्यसै छाडिदिनुहोस् र अनि मीश्रणलाई बिस्तारै बिस्तारै उक्काउनुहोस् । त्यस पछि पखाल्नुहोस् ।

यो प्राचिन बिधि अनुहार तथा शरीरका अनावश्यक रौं फाल्न अचुक मानिन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger