Latest Updates :

सफल र खुसी दाम्यत्य जीवन विताउन चाहनुहुन्छ भने ध्यान दिनुहोस् यी कुरा

SHARE THIS POST :
जीवनसँगै विताउने कसम खाएर गरेको विवाह साना साना कुरामा ध्यान नदिदा टुट्न धेरै समय लाग्दैन्। त्यसैले विवाह गरेपछि त्यसलाई सफल बनाउन हामीले केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्दछ। दाम्पत्त जीवन सफल भयो भने मात्र घरमा सुख शान्ति प्राप्त हुने गर्दछ। आज हामी सफल दाम्पत्य जीवनका लागि केही टिप्सका बारेमा चर्चा गर्दैछौँ।

सँगै खाना बनाउने
हिजोआज धेरैजसो दम्पती कामकाजी हुन्छन्। यस्तो अवस्थामा आपसमा धेरै भन्दा धेरै समय बिताउने राम्रो काइदा हो, एकसाथ खाना बनाउने। भलै, तपाईलाई खाना बनाउन नआउन सक्छ तर भान्सामा पाटनरलाई सहयोग गर्न सक्नु हुनेछ। यो पनि तपाईको दाम्पत्य जीवन खुसी हुन सहयोगी हुनेछ।

मर्निङ वाक वा व्यायम एकसाथ गर्ने
विहान पार्टनरसँगै उठ्ने र मर्निङ वाक जाने अभ्यास गरौं। व्यायम वा योग पनि एकसाथ गर्नु राम्रो हो । यसले दम्पतीबीचको सम्बन्धमा नयाँ ताजगी महसुष गराउँछ।

डिनर वा सिनेमा हेर्न जाने
दाम्पत्य जीवनलाई सुमधुर राख्ने यो पनि एउटा काइदा हो । मासिक रुटिन बनाएर एक पटक रेष्टुराँ लने र डिनर गराउने। आफैले बनाएको खानाले दिक्क हुनसक्छ, त्यसैले रेष्टुरेन्टमा लगेर नयाँ स्वाद लिन सकिन्छ। साथै, महिनामा एक सप्ताहन्त सिनेमा हेर्न जान सकिन्छ।

रोमान्टिक गीत सुनाउने
दम्पतीलाई रोमान्टिक गीतले जहिले लोभ्याउँछ। यस किसिमको गीतले मुड पनि फ्रेस हुन्छ। संभव भएसम्म पार्टनरलाई गीत गुनगुनाएर सुनाउन सकिन्छ।

स(साना सरप्राइज दिने
प्रेम दर्शाउनका लागि गिफ्ट तथा सरप्राइज पनि राम्रो माध्याम हो । महंगो उपहार नै दिनुपर्छ भन्ने केहि छैन। सानोतिनो पहिरन, सौन्दर्य प्रसाधन दिन सकिन्छ । मीठो परिकार बनाएर ख्वाउन सकिन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger