शुक्रबार साँझ सिक्री किन्न भन्दै पुगेका नेपालले सेम्पलको रुपमा देखाइएको सुनको सिक्री पसलेलाई झुक्याएर निलेका थिए भने आफूसँग ल्याएको नक्कली सुनको सिक्री पसलेलाई फिर्ता दिन खोजेका थिए। पसलेले फिर्ता गरिएको सिक्री नक्कली भएको आंशका गर्दै प्रहरीलाई खबर गरेको थियो। लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर उनको खानतलासी गरेको थियो।
खानतलासीको क्रममा समेत सिक्री फेला नपरेपछि निलेको हुनसक्ने आशंकामा उनको पेटको भिडियो एक्सरे गराइएको ज्वेलरी संचालक अरुण राठीले जानकारी दिए। भिडियो एक्सरेबाट सिक्री उनको पेटमा रहेको खुलासा भएको कोशी अञ्चल अस्पताल इमर्जेन्सी विभागका इन्चार्ज रघुनन्दन अधिकारीले जानकारी दिए। उनले पेटभित्र रहेको सिक्री शौचको माध्यमबाट बाहिर आउनसक्ने बताएका छन।
सिक्री पेटमा रहेको खुलेपछि अभियुक्तलाई प्रहरीले कोशी अञ्चल अस्पतालमा अब्र्जभेसनमा राखेको छ। अभियुक्तले झण्डै ८० हजार पर्ने १५ ग्राम बढीको सुनको सिक्री निलेको जनाइएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
Post a Comment